काठमाडौं । एनआइसी एशिया क्यापिटल र कुमारी जब प्रा.लि.बीच ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आइरहेको छ ।
सोही सेवा अन्तर्गत कुमारी जब प्रा.लि.लाई संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक फण्डको व्यवस्था गरिदिने सहित कुमारी जब प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आइपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
साथै, क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्