काठमाडौं । एनआइसी एशिया लघुवित्तद्वारा देशव्यापी रुपमा वित्तीय साक्षरता कायक्रम सम्पन्न भएको छ ।
प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने ‘ग्लोबल मनी विक’ को एघारौ संस्करणका रुपमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि चालु चैत्र महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा ‘प्लान योर मनी-प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम सम्पन्न गरेको हो ।
यसरी संचालन गरिएका कार्यक्रमहरुमा हजारौको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालय अन्तर्गतका उप प्रदेश तथा शाखा कार्यालयहरु मार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिबृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएका हुन् । साथै, सो अभियान अन्तर्गत संस्थाले वित्तीय साक्षरता सम्बन्धी सचेतना मूलक श्रव्यदृश्य सहितका अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको र्याली कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सो कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ संस्थाले यस्था कार्यक्रम संचालन गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्