काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध भई वित्तीय कारोवार गरिरहेका ४ हजार ९० जना सदस्यहरुलाई २०७९ फागुन महिनामा रु.२ करोड ४ लाख ५० हजार आर्थिक राहत अनुदान सहयोग प्रदान गरेको छ । संस्थाले विपन्न समुदायबाट समुहमा आवद्ध भएका सदस्यहरुलाई कर्जा, बचत, बीमा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
लघुवित्तले वित्तीय सेवाको साथै विपन्न समुदायलाई लक्षित गरेर वित्तीय साक्षरता, सीप विकास तालिम, व्यवसायिक तालिम, उद्यमशीलता तालिम संचालन लगायतका गैरवित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । समूहमा आवद्ध भई व्यवसाय संचालन गर्ने क्रममा विभिन्न कारणबाट दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका सदस्यहरुलाई संस्थामा रहेको ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक राहत तथा अनुदान सहयोग प्रदान गर्दै आएको छ ।
तत्कालिन समयमा देशमा ब्याप्त गरीबी कम गर्न विपन्न वेरोजगार, भुमिहिन, सकुम्बासी समुदायका महिलाहरुको समूह बनाएर वित्तीय सेवाको पहुँच गराएर स्वरोजगारीसंगै महिला सशक्तिकरणमा वृद्धि गरी गरीबी कम गर्ने लक्ष्य लिई अनवरत रुपमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । हालसम्म संस्थाले देशका ७७ वटै जिल्लामा १८५ वटा शाखा कार्यालय स्थापना गरेर ४ लाख ३ हजार घरपरिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ ।
यस्तो आर्थिक अनुदान राहत रकम आर्थिक वर्ष २०७७/०७८ मा ७,२५० जना सदस्यहरुलाई रु.७ करोड २५ लाख र आर्थिक वर्ष २०७८/०७९ मा ३,००० जना सदस्यहरुलाई रु.१ करोड ८० लाख आर्थिक सहयोग वितरण गरिएको थियो । आगामी दिनमा समेत संस्थामा आवद्ध भई समस्यामा परेका ग्राहक सदस्यहरुलाई दैनिक जीविकोपार्जन तथा व्यवसाय पुनर्स्थापना गर्न सहयोगार्थ अनुदान राहत रकम प्रदान गर्ने योजना रहेको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्