×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकमा वृहत जिनचेतना कार्यक्रम हुँदै, सहभागीलाई सुगर जाँच र परामर्श सेवा निःशुल्क

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नर्भिकमा वृहत जिनचेतना कार्यक्रम हुँदै, सहभागीलाई सुगर जाँच र परामर्श सेवा निःशुल्क

Artha Sarokar

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो ।

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र कार्यक्रममा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने भएकी छिन् । नर्भिक अस्पतालले बेला-बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । एकमहिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रम पुनः गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न चैत ७ गते अर्को जनचेतनामूलक कार्यक्रम राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । चाँडपर्व, उत्सव तथा विशेष अवसरहरुमा अस्पतालले विभिन्न हेल्थ प्याकेज तथा स्किमहरु सार्वजनिक गर्दै भारी छुटमा अस्पतालको सेवा लिन सकिने अफरहरु समेत सार्वजनिक गर्दै आएको छ ।

विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी