×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभरका क्याम्पसमा चुनाव चटारो… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देशभरका क्याम्पसमा चुनाव चटारो… (फोटो-कथा)

Artha Sarokar

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतको ६२ आंगिक तथा एक हजार ४० सम्वन्धन प्राप्त क्याम्पसमा चैत ५ गते आइतबार स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन हुँदैछ । निर्वाचन विहान आठ बजेबाट सुरु भएको हो ।

त्रिभिवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचन दिउँसो चार बजेसम्म चल्नेछ । स्ववियू विधान अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत कार्यसमिति प्रत्यक्ष निर्वाचनबाट चुनिनेछन् । बाँकी उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत कार्यसमिति भने समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन् । कतिपय क्याम्पसमा नेतृत्व निर्विरोध चयन भएका छन् ।

निर्वाचन हुने क्याम्पसमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरिएको छ । हरेक दुई-दुई वर्षमा हुने स्ववियू निर्वाचन ०६५ देखि हुन सकेको थिएन् । २०७३ मा त्रिविले घोषणा गरेपनि मातहतका सबै क्याम्पसमा स्ववियू निर्वाचन हुन सकेको थिएन ।

स्ववियू विधान अनुसार दुई सय विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय स्ववियू कार्यसमिति हुनेछन् । त्यस्तै, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति रहने व्यवस्था रहेको छ । एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने वैधानिक व्यवस्था छ । बाँकी तस्बिरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी