Skip to content
LAXMI SUNRISE BANK

विश्व वित्तीय सप्ताह २०२३ : प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

अर्थ सरोकार

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा पुँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले प्रभु क्यापिटल लिमिटेडले काठमाडौंको मैतिदेवी स्थित यूनिभर्सल कलेजका बिबिए मा अध्ययनरत विद्यार्थीका लागि एक कार्यक्रम गरी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक  सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK