काठमाडौं । प्रभु स्मार्ट फण्डमा मागभन्दा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु बैंक कोष प्रबर्द्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फण्डले निष्काशीत कुल ८ करोड ईकाईमध्ये कोष प्रबर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाईमा संस्थाहरु सहित सर्वसाधारणहरुबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाईका लागि आवेदन परेको हो ।
सो फण्डमा मिति २०७९/११/१८ गते देखि २८ गतेसम्म सर्वसाधारणको लागि आवेदन आह्रवान गरिएको थियो । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन परेको हो । १० वर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले CARE-NP AMC Quality 3 (AMC 3) रेटिङ्ग प्रदान गरेको छ ।
क्यापिटलले ८० करोड रकम बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्काशन गरेको भएता पनि सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिँज पूँजी सहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।
यस निष्काशनको अवधि मध्ये छोटो समयमा उल्लेखजनक रुपमा सहभागी भई उल्लेख्य मात्रामा आवेदन प्राप्त भएकोमा निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुक, लगानीकर्ता आवेदकहरु, सिआश्वा सदस्य बैंक तथा वित्तीय संसथाहरु, नियमक निकायहरु तथा सम्बन्धित सम्पूर्णमा क्यापिटलले धन्यबाद ज्ञापन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्