×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंमा लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन (फोटो-कथा)

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । गाउँगाउँमा छिरेर विपन्न वर्गका नागरिकमाथि लघुवित्त वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले ‘लघुवित्तिय संस्था खारेज गर’, ‘पीडितको ऋण मिनाहा गर’, ‘जनताको जीवनशैली सहज गर’ लगाएतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

नेपालका ७५ प्रतिशत नागरिकहरु लघुवित्त वित्तीय संस्थाबाट पिडित भएको नेकपा बहुमतका नेता गुणराज लोहनीले बताएका छन् । त्यस्तै, उनले लघुवित्त वित्तीय संस्थाहरुको ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: