Skip to content
LAXMI SUNRISE BANK

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

अर्थ सरोकार

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले चैत ९ गते (बिहीबार)देखि एकीकृत कारोबार सुरु गर्ने भएपछि नेप्सेले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्ने तयारी गरेसँगै सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनाका लागि सेयर कारोबार रोक्का गर्न दुवै कम्पनीले नेप्सेमा पत्र पठाएका थिए । कम्पनीको आग्रह अनुसार नै नेप्सेले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

१ः१ स्वाप रेसियोमा मर्जरमा गएको दुवै कम्पनीलाई एकीकृत कारोबार सुरु गर्नका लागि बीमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

मर्जरपछि दुवै कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । मर्जरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK