×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे !

BIZBAZAR

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीचको मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् ।

चैत ९ गते (बिहीबार)देखि एकीकृत कारोबार सुरु गरेका दुवै कम्पनीले मर्जरपछि बन्ने नयाँ कम्पनीको सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

दुवै कम्पनीले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा पाण्डेलाई नियुक्त गर्ने प्रस्ताव स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाएका छन् । प्राधिकरण स्रोतका अनुसार उक्त प्रस्तावलाई प्राधिकरणले बिहीबार नै स्वीकृती दिने तयारी गरेको छ ।

प्राधिकरणको स्वीकृतिलगत्तै पाण्डेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि सूर्या लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हालेका पाण्डे हाल कुनै पनि बीमा कम्पनीमा आबद्ध छैनन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal