×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

भारतीय रिजर्भ बैंकका गभर्नर दास बने ‘गभर्नर अफ द इयर’

BIZBAZAR

काठमाडौं । रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)का गभर्नर शक्तिकान्त दास ‘गभर्नर अफ द इयर’बाट सम्मानित भएका छन् । गभर्नर दासलाई ‘इन्टरनेशनल इकोनोमिक रिसर्च जर्नल सेन्ट्रल बैंकिङ्ग’ द्वारा २०२३ को लागि ‘गभर्नर अफ द इयर’ अवार्ड प्रदान गरिएको हो ।

गभर्नर दासले बृहत गैर बैंकिङ फर्म आईएल एण्ड एफएस टाँट पल्टिएदेखि कोभिड १९ महामारीको पहिलो र लहरसँगै रुस–युक्रेन युद्धले उत्पन्न गराएका अफ्ठ्याराहरुको सामना गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार दासकै नेतृत्वमा आरबीआईले आलोचनात्मक सुधारहरू लागू गर्नुका साथै नवीन भुक्तानी प्रणालीहरूसमेत आत्मसाथ गरेको थियो । योसँगै दासकै कार्यकालमा आरबिआईले महामारीको समयमा ग्रोथ सपोर्टिभ उपायहरूसमेत प्रदान गरेको थियो ।

मुलुक नै आर्थिक संकटतर्फ धकेलिएका बेला भारतीय रिजर्भ बैंकले खेलेको भूमिका र गभर्नर दासले देखाएको सतर्कताको अन्तराष्ट्रिय केन्द्रीय बैंकिङले समेत खुलेरै प्रशंसा गरेको छ । गभर्नर दासको यही क्षमता र कार्यकौशलताका कारण उनलाई ‘गभर्नर अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको हो ।

योसँगै युक्रेनको नेशनल बैंकलाई ‘सेन्ट्रल बैंक अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal