×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको १८औं साधारणसभा सम्पन्न, ८.५३४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा चैत १७ गते लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो ।

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६ सय ६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १ करोड ३५ लाख २२ हजार २ सय १३ रुपैयाँ ४० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष ०७८/७९ को वित्तीय विवरण समेत पारित भएको छ ।

साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: