×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा पुग्यो नेप्से परिसूचक, १ अर्ब १३ करोडमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा पुग्यो नेप्से परिसूचक, १ अर्ब १३ करोडमाथिको कारोबार

Artha Sarokar

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको  छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २५५ कम्पनीको ३३ लाख १८ हजार १ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ४८ लाख २४ हजार १ सय २५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा शुभम् पावर लिमिटेड, सुपर मादी हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर, खप्तड लघुवित्त वित्तिय संस्था र १०.२५% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ४८ लाख २४ हजार १ सय २५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटे, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, हिमालयन बैंक लिमिटेड र शिव श्री हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइसी एशिया ब्यालेन्स फण्डमा यस्तो गिरावट आउँदा सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था, अग्रिकल्चर डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तिय संस्था र मनकामना समार्ट लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी