×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १४.४४ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार १४.४४ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको  छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.३२ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २५३ कम्पनीको ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको  छ । यस अलावा शुभम् पावर लिमिटेड, बिन्ध्यबासिनी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, मनकामना स्मार्ट लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा माइ हाइड्रोपावर, नबिल बैंक, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी र सुर्यज्योती लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । किसान लघुवित्तमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, स्वोरोजगार लघु बित्त विकास बैंक, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी