×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच स्वस्थ्य विमा सम्झौता, यस्ता छन् फाइदा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच स्वस्थ्य विमा सम्झौता, यस्ता छन् फाइदा

Artha Sarokar

२ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच स्वस्थ्य विमा सम्झौता भएको छ । जोखिम न्युनिकरण गर्नका लागि संघ र इन्स्योरेन्सबीच स्वस्थ्य विमा सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकाल र संघका अध्यक्ष खोजराज कटुवालले हस्ताक्षर गरेका छन् ।

पहिलो चरणमा ३३ जना व्यवसायीहरुको विमा गरिएको संघले जनाएको छ । सम्झौता पत्रमा २ लाख बराबरको दुर्घटना र ८० हजार बराबरको स्वास्थ्य बिमा गरिने उल्लेख छ । यसमा आवश्यक सहजीकरण आफुहरुले गर्ने इन्स्योरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकालले जानकारी दिए । उहाले उपचार पश्चात अस्पतालले खर्चको बिबरण पठाएपछि इन्स्योरेन्सले भुक्तानी दिने बताए ।

त्यस्तै संघका अध्यक्ष कटुवालले व्यवसायीको जोखिम न्युनिकरणका साथै विमाप्रति सचेतना दिलाउनका लागि संघले सम्झौता गरेको बताएका छन् । संघमा करिव दुई सय कृषि मेशिनरी व्यवसायीहरु आवद्ध छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी