×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

अमेरिकी बैंकिङ क्षेत्रमा अर्को धक्काः क्रिप्टोमा अत्याधिक लगानी हुँदा सिल्भरगेट र सिलिकनपछि सिग्नेचर बैंक पनि बन्द भयो

BIZBAZAR

काठमाडौं । क्रिप्टोमा अत्याधिक लगानीका कारण अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको ४८ घण्टामै अमेरिकामा थप अर्को बैंक पनि बन्द भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो पटक अमेरिकाको न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द भएको हो । आइतबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै अमेरिकी नियामकहरु (ट्रेजरी, फेडरल रिजर्भ र एफडीआईसी)ले सिग्नेचर बैंक बन्द भएको घोषणा गरेका हुन् ।

सिग्नेचर बैंक क्रिप्टोमा लगानी गर्नेमध्येको मुख्य बैंक हो । धितोपत्र फाइलिङ अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११० दशमलव ४ बिलियन र कुल डिपोजिट ८८ दशमलव ६ बिलियन डलर थियो । सेप्टेम्बरसम्म सिग्नेचर बैंकको निक्षेपको करिब एक चौथाइ क्रिप्टोकरेन्सी क्षेत्रबाट आएको थियो । तर, बैंकले डिसेम्बरमा आफ्नो स्क्रिप्ट-सम्बन्धित निक्षेपहरू ८ बिलियन डलरले घटाउने घोषणा गरेको थियो ।

बैंकमा तरलता संकट चुलिएपछि अमरिकी नियामकहरुले बैंक बन्द गरिएको जानकारी दिएका छन् । यद्यपी सिग्नेचर बैंकका सम्पूर्ण ग्राहकहरुको निक्षेप सुरक्षित रहेको समेत नियामकहरुले जनाएका छन् । बैकिङ नियामकका अनुसार बन्द भएको सिग्नेचर बैंकका निक्षेपकर्ताहरुले सोमबारदेखि नै आफ्नो निक्षेपमा पूर्ण पहुँच पाएका छन् ।

यो सँगै अमेरिकामा पछिल्लो एक सातामा तीन वटा बैंक बन्द भएका छन् । शुक्रबार सिलिकन भ्याली बैंक बन्द हुनु अगाडि मार्च ९ मा सिल्भरगेट बैंक बन्द भएको थियो ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal