काठमाडौं । बेलायतस्थित सिलिकन भ्याली बैंकको शाखा १ पाउण्ड अर्थात १ सय ५८ नेपाली रुपैयाँमा बिक्री भएको छ । तरलता संकटका कारण भार थेग्न नसक्ने भएपछि बन्द भएको अमेरिकाको १६औँ ठूलो बैंक सिलिकनको बेलायतस्थित शाखा बेलायतको बहुराष्ट्रिय बैंक एचएसबीसी होल्डिङले १ पाउण्डमा खरिद गरेको हो ।
सोमबार एचएसबीसीले सिलिकन भ्याली बैंकको बेलायत शाखालाई १ पाउन्ड स्टर्लिङमै एक्वायर गरेको पुष्टी गरेको छ । यो सँगै उक्त एक्विजिसनले बेलायमा आफ्नो व्यवसायको लागि उत्कृष्ट रणनीतिक अर्थ दिने एचएसबीसीका सीईओले बताएका छन् ।
क्रिप्टोमा अत्याधिक लगानी हुँदा ठूलो अचानक ठूलो आर्थिक संकटको सामना गरेको सिलिकन भ्याली बैंक पतन भएर उत्पन्न हुनसक्ने वित्तीय जोखिम रोक्न अमेरिकी सरकारले विभिन्न घोषणा गरेसँगै एचएसबीसीले सो कदम चालेको हो । एचएसबीसीका अनुसार मार्च १० सम्ममा सिलिकन भ्याली बैंक युके लिमिटेडको करिब ५.५ अर्ब पाउण्ड ऋण र करिब ६.७ अर्ब पाउण्ड निक्षेप रहेको छ ।
सिलिकन भ्याली बैंक युकेको ठोस इक्विटी लगभग १.४ अर्ब पाउण्ड हुने अपेक्षा गरिएको छ । यता एचएसबीसीले एक्विजिसनसम्बन्धी कारोबार तत्काल पूरा गरिन जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्