×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

सिलिकन भ्याली बैंकको शाखा १५८ रुपैयाँमा बिक्यो

BIZBAZAR

काठमाडौं । बेलायतस्थित सिलिकन भ्याली बैंकको शाखा १ पाउण्ड अर्थात १ सय ५८ नेपाली रुपैयाँमा बिक्री भएको छ । तरलता संकटका कारण भार थेग्न नसक्ने भएपछि बन्द भएको अमेरिकाको १६औँ ठूलो बैंक सिलिकनको बेलायतस्थित शाखा बेलायतको बहुराष्ट्रिय बैंक एचएसबीसी होल्डिङले १ पाउण्डमा खरिद गरेको हो ।

सोमबार एचएसबीसीले सिलिकन भ्याली बैंकको बेलायत शाखालाई १ पाउन्ड स्टर्लिङमै एक्वायर गरेको पुष्टी गरेको छ । यो सँगै उक्त एक्विजिसनले बेलायमा आफ्नो व्यवसायको लागि उत्कृष्ट रणनीतिक अर्थ दिने एचएसबीसीका सीईओले बताएका छन् ।

क्रिप्टोमा अत्याधिक लगानी हुँदा ठूलो अचानक ठूलो आर्थिक संकटको सामना गरेको सिलिकन भ्याली बैंक पतन भएर उत्पन्न हुनसक्ने वित्तीय जोखिम रोक्न अमेरिकी सरकारले विभिन्न घोषणा गरेसँगै एचएसबीसीले सो कदम चालेको हो । एचएसबीसीका अनुसार मार्च १० सम्ममा सिलिकन भ्याली बैंक युके लिमिटेडको करिब ५.५ अर्ब पाउण्ड ऋण र करिब ६.७ अर्ब पाउण्ड निक्षेप रहेको छ ।

सिलिकन भ्याली बैंक युकेको ठोस इक्विटी लगभग १.४ अर्ब पाउण्ड हुने अपेक्षा गरिएको छ । यता एचएसबीसीले एक्विजिसनसम्बन्धी कारोबार तत्काल पूरा गरिन जनाएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal