×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

कोरियामा बढी चामल उत्पादन भए सरकारले खरिद गर्नुपर्ने !

BIZBAZAR

काठमाडौं । दक्षिण कोरियाको संसदले सरकारले बढी चामल खरिद गर्न अनिवार्य गर्ने विधेयक पारित गरेको छ ।

विपक्षी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय सभाको पूर्ण अधिवेशनमा संशोधित अन्न व्यवस्थापन ऐनको पक्षमा उपस्थित २६६ सांसदमध्ये १६९, विपक्षमा ९० मत परेको छ । मतदानमा सात सांसद अनुपस्थित भएका थिए ।

संशोधित ऐनअनुसार धानको मागभन्दा तीनदेखि पाँच प्रतिशत बढी उत्पादन भएको अवस्थामा वा अघिल्लो वर्षको तुलनामा चामलको मूल्य पाँचदेखि आठ प्रतिशतले घटेमा सरकारले सबै बढी उत्पादन भएको चामल खरिद गर्नुपर्ने व्यवस्था छ ।

डेमोक्र्याटिक पार्टीले धानको मूल्य र किसानको आयलाई स्थिर गर्न संशोधनलाई अघि बढाएको थियो । सरकार र सत्तारूढ पिपुल्स पावर पार्टीले खरीद लागतको बोझ र कृषि क्षेत्रमा कम प्रतिस्पर्धाजस्ता समस्याहरू देखाउँदै यसको विरोध गरेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal