×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले देशभरी वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकले देशभरी वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

Artha Sarokar

१४ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । आफ्ना देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ ।

बैंकले बैंकिङ सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक सम्वृद्धिमा योगदान पुर्याउने बैंकको विश्वास छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी