×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भारतसँगको सहकार्यबिना नेपालको विकास सम्भव छैन’- वाग्ले

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

‘भारतसँगको सहकार्यबिना नेपालको विकास सम्भव छैन’- वाग्ले

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले भारतसँग सहकार्य नगरी नेपालको विकास सम्भव नभएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रम’मा बोल्दै अर्थशास्त्री वाग्लेले यस्तो बताएका हुन् ।

अर्थतन्त्रको नजरमा भारत संसारकै ५औँ ठूलो देश भएकोले पनि नेपालको आर्थिक, सामाजिक र भौगोलिक विकासका लागि भारतसँगको सहकार्य आवश्यक रहेको वाग्लेको भनाई छ । ‘नेपालजस्तो देशले भारतसँग सहकार्य नगरी आर्थिक विकास गर्न सक्दैन ।’ उनले भने, ‘भारतसँगको विषय आउनेबित्तिकै हाम्रो अस्वभाविक राष्ट्रवाद जाग्ने गर्छ । तर, यथार्थ यही हो कि भारतसँग सहकार्य नगरी नेपालको विकास सम्भव छैन ।’

त्यस्तै, वाग्लेले हाल मुलुकमा देखिएको आर्थिक संकट आर्थिक संकट टार्न र अर्थतन्त्र सुधार्नका लागि अप्रिय निर्णय लिनुपर्ने सुझाव दिएका छन् । अहिले देशको अर्थतन्त्रको संरचनागत सुधार सजिलो अवस्थामा नरहेको भन्दै वाग्लेले अर्थतन्त्र सुधारका लागि आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेको बताएका छन् । योसँगै उनले देशको अहिलेको अवस्थामा बैंकहरुले एकैपटक उच्च ब्याजदर बढाउन नहुने पनि सुझाव दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: