×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब थाइल्यान्डमा रात पर्छ… थाइल्यान्डको समुन्द्री रमाइलोदेखि यौ’न पर्यटनसम्म नालीबेली (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जब थाइल्यान्डमा रात पर्छ… थाइल्यान्डको समुन्द्री रमाइलोदेखि यौ’न पर्यटनसम्म नालीबेली (भिडियो रिपोर्ट)

Artha Sarokar

२३ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौं । हत्या अभियोगमा फरार सूचीमा रहेकाहरु संसदमा खुलेआम पस्छन् तर उनीहरु पक्राउ पर्दैनन् । यो देशमा दिनहुँ बलात्कारजस्ता जघन्य अपराधमा परेकाहरु पक्राउ पर्दैनन्, तर होटलमा सहमतिमै बसेका युगल जोडीहरुलाई प्रहरीले पटक पटक दुख दिन्छ । एक आपसमै सहमतिमै सहभासमा बसेकाहरुलाई प्रहरीले ‘यो गैर कानुनी काम हो’ भनेर पक्राउ गरेका घटना नेपालमा थुप्रै छन् । सँगै नेपालका मुख्य शहरहरुमा खुलेआम प्रहरीकै सेटिङमा देह व्यापार भईरहेको तथ्य पनि घाम जस्तै छर्लंग छ । र त नेपालमा पनि बेला बेला रेड लाइट एरिया तोकिनुपर्ने र यौन व्यापारलाई पनि मान्यता दिनुपर्ने आवाज उठिरहेको हुन्छ । तर यौनलाई भयङ्कर ठुलो चीज ठान्ने हाम्रो समाज र सँगै रहेको हाम्रो संस्कृति र सभ्यताले अझै पनि यौनलाई खुला गरेको छैन । तर आज हामी एउटा त्यस्तो देशको यौन बजारको कथा देखाउँदैछौं, जहाँ खुलेआम यौन व्यापार मात्र हुँदैन, यौन व्यापार कानुनी र कर दुबैको दायरामा छ । एउटा त्यस्तो देश, जसले यौन व्यापारबाटै बर्षको करोडौं डलर देश भित्र्याईरहेछ ।

कुल ७५ प्रदेशहरू रहेको थाइल्यान्ड दक्षिण पूर्वी एसियाली देश हो, जहाँ राजाको शासन छ । एउटा बिकसित देश जहाँ ८८ प्रतिशत भन्दा बढी जनता शिक्षित छन् र यो देशमा झन्डै ९० प्रतिशत भन्दा बढी नागरिकले स्मार्ट फोन चलाउँछन् । एउटा यस्तो देश जो विश्वका धनी देशहरुमा पर्छ र थाईल्याण्डले ग्याँस, पेट्रोल, डिजेल लयात सम्पूर्ण खाद्य सामग्रीहरू आफ्नै देशमा उत्पादन गर्ने गर्दछ । ९३.४ प्रतिशत जनताले बौद्ध धर्म मान्ने यो देशमा ५ प्रतिशत हाराहारी मुसलमानहरु छन् भने अन्य धर्म मान्नेहरुको संख्या १ प्रतिशत हाराहारी छ । झन्डै साँढे ७ करोड जनसंख्या भएको एउटा देश जहाँ यौनलाई खुला रुपमा हेरिन्छ, र कुल ग्राह्यस्थ उत्पादनको १० देखि १२ प्रतिशतसम्मको हिस्सा यौनबजारले थेगेको छ । झन्डै २ लाख ५० हजार यौनकर्मीहरु भएको एउटा देश जो साँझ पर्दैजाँदा रगीन बन्न थाल्छ । थाइल्याण्डका मुख्य शहरहरुमा, विभिन्न लाइसेन्सप्राप्त बेश्यालयहरु छन्, जहाँ खुलेआम जवानीको विक्री हुन्छ । थाईल्याण्डका शहरहरुमा खुलेआम यौन क्रीडाका शोहरु चल्छन् र गल्लीगल्लीमा भेटिन्छन्, आफ्नो दामअनुसारको जवानी ।

बैंककमा पनि यौन बजार खुला छ । जव बैंककमा रात पर्छ, तव गल्लीगल्लीमा, बाटोबाटोमा, चोकचोकमा, होटलको अगाडी खुलेआम यौनको डिल हुन्छ । शहर छेउरहेका अधिकांश होटलहरु यौनबजारकै कारण टिकेका छन् । यहाँ रहेका हजारौं पबहरुमा, बेश्यालयहरुमा, बारहरुमा छानी छानी युवती रोज्न पाइन्छ र यहि थाईल्याण्डको बजार हेर्न टाढा टाढा बाट पर्यटकहरु आउँछन् ।

यस्तै छ थाईल्याण्डको अर्को शहर पटाया पनि । पटायाको वाल स्ट्रीट आज पनि विश्व बजारमा यौनका लागि चर्चित छ । बैंकक भन्दा झन् बढी पटायामा यौन बजार ठुलो छ । पटायाका बीच वरपर सयौंमा छानेर यौनतृष्णा मेट्न पाइन्छ । पैसा अनुसारका मान्छेहरु, पैसा अनुसारका होटल, अनि पैसा अनुसारको जवानी, रातभर यसरी नै चलिरहन्छ पटाया । वैध भएकाले यी शहरहरुमा यौन व्यवसायका आफ्नै नियम छन् । सरकारले यौन व्यापारलाई खुला त गरेको छ तर यससम्बन्धि पनि विभिन्न कानुन छन् यो देशमा । जस्तो कि यौन बजार खुला रहेको थाईल्याण्डमा यौन खेलौनाहरु किनबेचमा बन्देज लगाइएको छ । कसैले आफुले भनेविपरित वा सहमति विपरित कार्य गरे त्यहाँका यौनकर्मीहरुले प्रहरीको सहायता लिन पाउँछन् । गाँजा निर्वाद शटरमा विक्री भईरहेको हुन्छ भने पानी भन्दा बढी मदिरा पीईन्छ थाइल्याण्डका शहरहरुमा ।

नेपालबाट थाइल्याण्ड जान गाह्रो छैन । नेपालदेखि थाईल्याण्डको बैंककको हवाई यात्रा, बैंककदेखि पटायाको कार यात्रा, पटायाको होटल बसाई, पटायाबाट बैंककको कार यात्रा, बैंककको पुन होटल बसाई र काठमाडौँ फिर्ता हुने सबै खर्च जोड्दा झन्डै नेपाली ७० हजारदेखि ७५००० रुपैयाँसम्म खर्च हुन्छ । थाइल्याण्डको होटल बसाईमा विहानको ब्रेक फास्ट होटलले नै दिन्छ र यो प्याकेजमा पटायाको समुन्द्रको रमाइलो हेर्न पनि लगिन्छ । एक दिन दिउँसोको खानासमेत यहि प्याकेजमा हुने थाईल्याण्ड बसाईमा आफुले बाहिर खानपिन गर्न खोजे पनि खास महँगो छैन । अर्थात, थप केहि हजारमा थाईल्याण्डको समुन्द्रमा खेल्न सकिन्छ, आकाशमा उड्न सकिन्छ, र आफ्नो बजेट र इक्षा अनुसार त्यहाँको रात्री जीवनमा रम्न सकिन्छ, जहाँ मसाजदेखि यौन जीवनमा लिप्त हुन्छन् पर्यटकहरु । औसतमा नेपाली १ लाख रुपैयाँ खर्च गर्ने हो भने ४ रात ३ दिन मस्तीको विदा मनाउन पाइन्छ थाइल्याण्डमा ।

पर्यटनको फरक रुप हेर्न थाइल्याण्डमा विश्वभरका मान्छे आउँछन् । नेपाली ३.९ रुपैयाँ बराबर थाइल्याण्डको एक थाईभाट हुन्छ, र वर्षामा थुप्रै नेपालीहरु पनि थाईल्याण्ड घुम्न जान्छन् । विदेशयात्रा मध्ये सबैभन्दा सस्तो भएकाले पनि थाईल्याण्डको यात्रा नेपालीहरुका लागि रोचकसँगै सजिलो पनि छ । यसो त नेपाली पर्यटकहरु यति धेरै जान्छन् थाईल्याण्डमा कि पटायाका बीचहरुमा नेपालीहरुको संख्या ठुलै देखिन्छ ।

यसो त थाईल्याण्ड यौन बजारका लागि मात्र चर्चित छैन, बरु यहाँको समुन्द्री रमाइलो पनि खास छ । आकाशमा उड्न पाइने, समुन्द्र भित्र हिड्न पाइने, समुन्द्रमा समुन्द्री स्कुटर चलाउन पाइने र पानीजहाजको यात्राको रमाइलो लिन पाइने हुनाले पनि थाइल्याण्डको पटाया चर्चित छ । यहाँ गाइड पनि नेपाली नै धेरै पाइने हुनाले नेपालीलाई पटायाको यात्रा झन् सहज र रमाइलो हुने गर्दछ ।   प्याकेजमा घुम्न गएकाहरुलाई होटलले नै गाइडसहित पटाया शहरमा लगिदिन्छ । पटायाको समुन्द्रमा खेल्नुको मज्जा फेरी कम्ती आनन्दको छैन ।

नेपालमा प्याराग्लाईडिङ्ग भनेजस्तै यहाँ समुन्द्र माथि उड्न पाइने यो खेललाई प्यारासाईलिङ्ग वा स्काईड्राइभिङ्ग भनिँदो रहेछ । थाईभाट २५०० अर्थात नेपाली १० हजार रुपैयाँ तिरेपछि प्यारासाईलिङ्ग, बोटिङ, बनाना ड्राइभ र अन्डर सी वाकिंङको प्याकेज पाइनेरहेछ । यहाँ आईसकेपछि यी खेलहरुको मज्जा नलिने हो भने पटायाको खास मज्जा नहुने रहेछ । त्यसैले, हामीले पनि उड्ने निधो गर्यौं र उड्यौ यसरी थाइल्याण्डको आकाशमा । झन्डै ३ मिनेट, सम्पूर्ण सुरक्षा व्यवस्था सहित आकाशमा पन्छी जसरीउड्नु को खास मज्जा हुनेरहेछ । अझ त्यसमाथि यो खेलमा गाइड गर्ने सबैजसो नेपाली र भारतीय हुनाले भाषामा कुनै समस्या नहुने रहेछ । र त भीड थियो नेपाली, भारतीय र श्रीलंकनहरु आकाशमा उड्न यसरी । प्यारासाइलिङ्ग खेलेपछि अर्थात आकाशमा उडेपछि सोहि २५०० भाटको प्याकेजमा लगिदोरहेछ अन्डर सी वाकिंगमा । सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाएर समुन्द्र भित्र हिड्न पाइनेरहेछ । माछाहरुले ज्यानमा स्पर्श गर्दाको रमाइलो झन् फरक हुने रहेछ ।

अन्डर सी वाकिङ्गको रमाइलोपछि सोहि १० हजार नेपाली रुपैयाँको प्याकेजमा आईल्याण्डमा लगेर बनाना ड्राइभिङ र स्कुटर बोटिङ्गको मज्जा पाइनेरहेछ । सबै सुरक्षा अपनाएर समुन्द्रमा सी स्कुटर हाँक्नुको मज्जा पनि बेग्लै हुने रहेछ । र नेपालबाट आएकाहरुले सबैभन्दा बढी तस्विर कैद गर्ने, रमाइलो गर्ने, समुन्द्रमा खेल्ने ठाउँ पनि यहि रहेछ । र त्यहाँको रमाइलो सकिसकेपछि पुनस् अघि पिक अप गरेको ठाउँमै जहाजले पुर्याईदिन्छ । र त्यहाँबाट होटलकै प्याकेजमा होटल ल्याइन्छ । र त्यसपछि पटायाबाट फर्कने रहेछन् नेपालीहरु । र यसरी मात्र १० हजार रुपैयाँ नेपाली तिरेर एक दिनको सबै खालको समुन्द्री रमाइलो हेरेर फर्किने गरेका छन् नेपालीहरु । यसो त सिमित बजेटहरुका लागि रमाइलो त छँदैछ थाईल्याण्ड त्यो भन्दा बढी केहि थप पैसा हुनेका लागि थप रंगीन छ थाइल्याण्ड ।

थाइल्याण्डमा खुब रमाइलो मानिने पार्टी हो ट्रान्स, जुन नेपालमा बर्जित छ । र थाइल्याण्डमा आकाशको जुनको नाममा पार्टीको रमाइलो आयोजना हुने रहेछ । हुन त झुम्नेहरुका लागि के दिन के रात, तर थाईल्याण्डमा आकाशको जुन देखाएर पार्टीको आयोजना हुनेरहेछ । जव हाम्रो भाषामा पूर्णिमा हुन्छ, अर्थात आकासमा पूरा जुन देखिन्छ, त्यहाँ फुल मुन पार्टी हुँदो रहेछ । जव हाम्रो भाषामा औंशी अर्थात आकाशमा जुन देखिंदैन, त्यो रात थाईल्याण्डमा नो मुन पार्टी हुँदोरहेछ । जुन रात आकाशमा जुन नै देखिंदैन, त्यो रात फेरी हाफ मुन पार्टी हुँदो रहेछ । यसरी आकाशको जुन पनि साइज साइजमा मिलाएर बेच्दो रहेछ थाईल्याण्ड । यो ट्रान्समा सहभागी हुन अतिरिक्त पैसा कतै लाग्दैन कतै केहि लाग्छ । र यहाँ पनि थुप्रै नेपालीहरु गएर रमाइलो गरेका दृश्य देखिन्छन् । कानै खाने गीतको आवाज, बाल्टी भारी रक्सी र पैसा अनुसारको जवानी, ट्रान्स पार्टीमा रमाइलो गर्ने थुप्रै नेपालीहरु देखिन्छन् थाईल्याण्डमा ।

ट्रान्सको रातको रमाइलो संगै दिउँसो गरिने जंगल सफारी र बेलुकीको क्रुज डिनर को रमाइलो पनि उत्तिकै छ थाइल्याण्डमा । बाघलाई नजिकै बाट हेर्न पाइने, छुन पाइने र अन्य जंगली जनावरहरु पनि हेर्न पाइने जंगल सफारीको अतिरिक्त ६००० नेपाली रुपैयाँ पर्छ । क्रुज डिनरको पनि अतिरिक्त ६००० नेपाली रुपैयाँ पर्छ । तर कुर्ज डिनर सी फुड मन पराउनेहरुका लागि मात्र रमाइलो हुन सक्छ भने जंगल सफारी सबैलाई रमाइलो लाग्छ, लाग्छ ।

र यसरी थाइल्याण्डको यात्रा टुंगिन्छ । झन्डै ७५००० रुपैयाँको प्याकेज, त्यसमा थप १० हजार समुन्द्रको रमाइलो, त्यसमा ६००० थप जंगल सफारीको आनन्द, क्रुज डिनर गर्न चाहेमा थप ५००० देखि ६००० सम्म । थप रमाइलो आफ्नो बजेट अनुसार । जे होस्, ४ रात ३ दिन, रंगीन रमाइलो, रंगीन आनन्द, न कसैको छेकबार, न कसैको डर, अनि किन नजाउन मान्छेहरु थाइल्याण्डमा । र यहि पाठ नेपालले सिक्ने हो भने नेपालले त झन् बढी गर्न सक्छ पर्यटनमा । नेपालीहरु जुन रमाइलो लिन थाइल्याण्ड गईरहेका छन्, त्यहि रमाइलो लिन बिदेशीहरु नेपाल आउने वातावरण बनाउन गाह्रो छैन, तर आँट गर्नुपर्छ देशले ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी