काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको आस्था र जिम्मेवारीबोधप्रति नेपाली सेना सम्मान लायक भएको बताएका छन् । बुधबार भक्तपुर सैनिक प्रशिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभर बीर गोर्खालीको पहिचान पनि सेनाकै बीरता र बहादुरीबाट हासिल भएको चर्चा गरे ।
सोही अवसरमा प्रधानमन्त्रीले नेपाली सेनालाई समय सापेक्ष आधुनिक र प्रविधि मैत्री बनाउँदै अघि बढनु पर्ने बताएका छन् । प्रशिक्षित भएका क्याडेटहरुको काँधमा गहन राष्ट्रिय जिम्मेवारी थपिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले उक्त जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट सम्पन्न गर्दै जनताको सेवामा समर्पित भइ नेपाली सेनाको छविलाई थप उचाईमा पुर्याउने गरी कार्य सम्पादन गर्न समेत आग्रह गरेका छन् ।
भक्तपुरस्थित सैनिक प्रशिक्षालय पुगेका प्रधानमन्त्री प्रचण्डले प्रशिक्षार्थीहरुद्वारा प्रदर्शन गरिएको कवाज पनि अवलोकन गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्