×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व संकलनमा इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

PRIME CA
GLOBAL IME BANK

राजस्व संकलनमा इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

१४ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । बिहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।

राजस्व संकलन निकै संवेदनशील सेवा भएकोले इमान्दार भएका काम गर्न मन्त्री महतले भन्सारका कर्मचारीलाई निर्देशन दिए । ‘तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन ।’, उनले भने, ‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिदैनौँ । मलाई विश्वास छ, यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’

त्यस्तै, मन्त्री डा.महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट पारेका छन् । यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने गरेको बताउँदै अर्थमन्त्री डा.महतले राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

‘समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ ।’, उनले थपे, ‘नियम कानुन अनुसार काम गरौँ, हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: