Skip to content
LAXMI SUNRISE BANK

एशियन क्यापिटलद्वारा सेयर बजार सम्बन्धी तालिम संचालन

अर्थ सरोकार

काठमाडौं । एशियन क्यापिटल लिमिटेडले सेयर बजार सम्बन्धी तालिम संचालन गरेको छ । क्यापिटलले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सेयर बजार सम्बन्धी एकदिने नि:शुल्क आधारभूत  तालिम संचालन गरेको हो ।

पछिल्लो समय सेयर बजारप्रति बढ्दै गएको आकर्षण र आवश्यकतालाई ध्यानमा राख्दै तालिम सञ्चालन गरेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार तालिममा सेयर बजारको आधारभूत विषयवस्तुलाई प्राथामिकता दिइनेछ । तालिममा सहभागी हुनेहरुको निःशुल्क डिम्याट खाता खोलिनेसमेत क्यापिटलले जनाएको छ ।

क्यापिटलले चैत २४ गते देखि ४ हप्तासम्म प्रत्येक शुक्रबार संचालन गर्ने गरी तालिम संचालन गरेको हो । शुक्रबार संघीय संसदका सांसद हरि ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK