×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ वर्षको उमंगसँगै ‘विस्का जात्रा’को रौनकता (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नयाँ वर्षको उमंगसँगै ‘विस्का जात्रा’को रौनकता (फोटो-कथा)

Artha Sarokar

१ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ वर्षसंगै नेवार समुदायको विषेश पर्व ‘विस्का जात्रा’ धुमधामका साथ मनाईदैंछ । आठ रात नौ दिन लामो विस्का जात्राको लिंगो ढाल्ने दिनलाई सबैभन्दा बढी मुख्य आकर्षणको रुपमा लिने गरिन्छ । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुरसहित उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु भक्तपुरमा भेला भएका छन् ।

जात्राको क्रममा बुधबार राति अवेरसम्म प्रयास गर्दा पनि ५५ हात लामो (लिंगो) उभ्याउने प्रयास असफल भएको थियो । बुधबार उठाउन असफल भएको (लिंगो)लाई बिहीबार उठाएर त्यही साँझ ढाल्ने परम्परा रहेको छ । सयौं युवाहरुले डोरीको सहायताले (लिंगो) उठाउने प्रयास जारी राखेका छन् ।

निर्धारित दिनमा उठाउन नसकेको (लिंगो)लाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ । यसलाई उठाउन प्रयास आज (शुक्रबार) पनि जारी छ । आठ वटा डोरीको सहायताले तानेर लिंगो उठाउने प्रयास भईरहको छ । चैत मसान्तमा उभ्याउनुपर्ने तर उभ्याउन नसकेको योलिंगोलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ । यसअघि नयाँवर्ष चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो ।

प्रत्येक वर्ष नयाँवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । जात्राको रौनकता फोटो फिचरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी