काठमाडौं । सन्तोषजनक काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई कालोसूचीमा राखेको छ । बिहीबार एक सुचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।
कार्यालयले जारी गरेको सूचनाअनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ ।
त्यस्तै, दीपक सापकोटा मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्णप्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिनाका लागि कालो सूचीमा राखिएको छ । यस्तै अन्य १० वटा कम्पनीहरु पनि एक वर्ष कालोसूचीमा परेका छन् ।
कालो सूचीमा परेको अवधिभर कालोसूचीमा परेका कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कार्वाहीमा भाग लिन नपाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्