×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेम्बर पदाधिकारीद्धारा उपराष्ट्रपति यादवसँग आर्थिक बिषयमा छलफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चेम्बर पदाधिकारीद्धारा उपराष्ट्रपति यादवसँग आर्थिक बिषयमा छलफल

Artha Sarokar

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग सोमबार भेटबार्ता गरेको छ । काठमाडौंको लैनचौर स्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको बर्तमान अवस्था जोखिममा रहेको बताएका थिए । तरलता अभाव, उच्च ब्याजदर, पूँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारी जस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाई छ । उपराष्ट्रपति यादवले भने, ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दिर्घकालिन समाधान खोज्न जरुरी छ ।’

सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा समेत उनले जोड दिए । चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफुले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिवद्धता जनाएका थिए । मुलुकमा बास्तविक तथ्याङकको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गरे । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए ।

सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघी वास्तविक तथ्याङक खोज्नुपर्ने उनको भनाई छ । उपराष्ट्रपति यादवसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे। अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ ।’

पुँजिगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजश्व विभाग, राहदानी विभाग, यातायात कार्यलय जस्ता क्षेत्रमा टाईमबाउण्ड लागु हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । नयाँ कर्जा प्रवाह गरिदाँ ब्याजदरमा लकअप प्रणाली लागु गरिनुपर्ने आफुहरुको माग रहेको मल्लले बताए । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी