×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियारको संशोधन विधेयक सच्याउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रियसभाबाट स्वीकृत भएर प्रतिनिधिसभामा गएको सो विधेयकले निजी क्षेत्रमा प्रतिकूल असर गर्ने भन्दै चेम्बरले सभामुख घिमिरेको ध्यानाकर्षण गराएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख घिमिरेलाई चेम्बरले ज्ञापनपत्रसमेत बुझाएको छ । सो अवसरमा सभामुख घिमिरेले निजी क्षेत्र मैत्री कानून निर्माणका लागि आफू प्रयासरत रहेको बताएका छन् । उनले ऐन बनाउन मूलतः सरकार र राजनीतिक दलहरूकै भूमिका रहने उल्लेख गर्दै आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप सङ्कुचित हुने र उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने बताए । उनले उद्योग व्यवसायको प्रर्वद्धन, संरक्षणमार्फत निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा विधेयकमा उल्लिखित व्यवस्थाले थप हतोत्साही बनाएको बताएका छन् ।

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याएर अनुसन्धान गर्ने व्यवस्था संविधानको भावना प्रतिकूल रहेकोसमेत अध्यक्ष मल्लले बताए । निजी क्षेत्रको अनियमितता भए कारबाही गर्ने सम्बन्धित छुट्टै निकाय भएकाले अख्तियारको क्षेत्रभित्र ल्याउन खोज्नु अनावश्यक भएको अध्यक्ष मल्लको भनाइ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: