×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको उच्च प्राथमिकतामा डिजिटल बैंकिङ, कियोस्क तथा एटिएम सेवा एकसाथ ४ प्रदेशमा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको कियोस्क सेवा अव काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ ।

बैंकले चैत्र १८ गते एक समारोहकाबीच उद्धघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यो सेवा काठमाडौं उपत्यकाको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगंज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरी एकसाथ ५ शाखामा सञ्चालनमा ल्याउनुका साथै कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ ।

साथै, निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । कियोस्क सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै ग्राहकहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोस्क सेवाको विस्तार गरिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ ।

सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत सार्वजनिक गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३८ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: