काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले आउँदै गरेको १६औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको छ ।
कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरिएको जनाईएको छ । शैक्षिक सामाग्री वितरणलाई विद्यार्थी र उनीहरूका परिवारहरूले राम्रोसँग स्वागत गरेका थिए र उनीहरूको सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरे ।
यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।
सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्