Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग गरेको छ । मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई ५ लाख रकम बराबरको आर्थिक सहयोग गरेको हो ।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलाई उक्त रकम सहयोग गरेको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK