×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि अमेरिका तथा कोरिया पठाईदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि अमेरिका तथा कोरिया पठाईदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिका तथा कोरिया पठाईदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं.१४ स्थाई घर भई हाल बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा पक्राउ परेका हुन् ।

उनले सयौं व्यक्तिहरुलाई वैदेशिक रोजगारीका लागी अमेरिका तथा दक्षिण कोरिया पठाउने भन्दै पिडितहरुबाट करोडौं रकम लिई सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले चैत २८ गते बुढानिलकण्ठ नगरपालिका कपनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी