काठमाडौं । नेपालमै उत्पादन भएको सवारी सधान दर्ता गर्न बाटो खुलेको छ । बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले नेपालमा उत्पादन हुने सवारीसाधन दर्ता गर्ने बाटो खुलेको जानकारी गराएको हो ।
विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० लाई संशोधन नेपालमै उत्पादन भएका सवारी सधान दर्ता गर्न बाटो खुलाएको हो । विभागले जारी गरेको उक्त कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।
त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्