×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख रुपैयाँ

PRIME CA
GLOBAL IME BANK

डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख रुपैयाँ

२२ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्ये लक्की ड्र मार्फत खोटाङका ५ जनाले नगद एक एक लाख रुपयाँ प्राप्त गरेको डिशहोमले जनाएको छ ।

डिशहोमले दिएको जानकारी अनुसार अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत देबका आचार्य, रत्नकला बुढाथोकि, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईले एक एक लाख जितेका हुन् । सैँजु इन्टरप्राइजेज अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङका डिलरदाईबाट डीसहोमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त खोटाङका ५ जनाले नगद पुरस्कार प्राप्त गरेका हुन् ।

ग्राहकलाई १ लाख रुपयाँ डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, अफिसर बिजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यले हस्तान्तरण गरेका हुन् ।

आयोजकको तर्फबाट विजेतालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी. , नेपाः च्यानल, र डिशहोम सोकेस प्रशारण हुँदै आएको पनि डिशहोमले जानाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: