×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४९ रुपैयाँ लगानी गर्दा छिनभरमै करोडपति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

४९ रुपैयाँ लगानी गर्दा छिनभरमै करोडपति ?

काठमाडौं । ४९ रुपैयाँको लगानी गर्दा डेढ करोड पुरस्कार ? सामान्यतया, यो कुरा पत्याउन वा सहज रुपमा स्वीकार गर्न गाह्रो हुन्छ । तर, भारतमा एकजना व्यक्ति भारतीय ४९ रुपैयाँ लगानीबाट छिनभरमै करोडपति बनेका छन् ।

भारतको मध्यप्रदेश बरवानीमा रिक्सा चलाउने शाहबुद्धीन मन्सुरी ४९ रुपैयाँ लगानी गरेर करोडपति बनेका हुन् । अनलाइन गेमिङ एप ‘ड्रिम ११’मा ४९ रुपैयाँ भारु लगानी गरेका उनी छिनभर मै डेढ करोड रुपैयाँको मालिक बनेका हुन् ।

मन्सुरीले आइपीएलमा कोलकता र पञ्जाबबीचको खेलमा ‘ड्रिम ११’मा ४९ रुपैयाँ भारु लगानी गरेका थिए । उक्त खेलमा प्रथम बनेका मन्सुरीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार जितेका हुन् । उनले विगत २ वर्षदेखि ‘ड्रिम ११’मा काल्पनिक क्रिकेट खेल्दै आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: