Skip to content
LAXMI SUNRISE BANK

इसेवा मनि ट्रान्सफरले गर्यो सहयोग हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं । इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भोजपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ ।

कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बिच शुक्रबार इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई CG 65Æ 4K UHG Android TV र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका थिए ।

साथै, कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ‘Orange Vibes-Chords for Cause 2023’ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स Green initiative, Girl education र Financial Literacy क्षेत्रमा सक्रिय रहेको छ ।

स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK