×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता

Artha Sarokar

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । उक्त दुइ कम्पनीबीच बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम, सेमिनार, सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक विकास गर्नका लागि सम्झौता भएको हो । सो सम्झौता चैत्र ३० गते भएको हो । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट कम्पनी सचिव अल्पना शर्मा र सौरभ बरालले तथा बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट प्रबन्धक निसु भगत र प्रशासन तथा वित्त अधिकृत मतिराम पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस अन्तर्गत, बीमा व्यवसायसँग सम्बन्धित आवश्यक क्षमता विकासको विभिन्न कार्यहरु गर्नको लागि दुवै संस्थाहरु मिलेर काम गर्न सहमत भएको छ । दुवै संस्थाहरुले संयुक्त सभा सम्मेलन, सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्नेछन् । साथै यस सम्झौता पश्चातः संयुक्त अध्ययन र अनुसन्धान र परामर्श सेवाहरु पनि संचालन गर्न सहयोग गर्नेछन् र विभिन्न प्रदर्शनी, व्यापार मेला, गोष्ठी, सम्मेलन वा बीमा सम्बन्धी कार्यक्रमहरु संयुक्त रुपमा आयोजन गर्न दुवै संस्थाहरुको सहमती भएको छ ।

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरिसकेको छ भने अर्कोतर्फ, बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल बैंकिङ, बीमा तथा पुँजी बजार क्षेत्रमा कर्मचारीहरुको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला र सेमिनारहरु प्रदान गर्न २०१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित भई वित्तीय क्षेत्रलाई बलियो बनाउन अनुसन्धान र परामर्श पनि संचालन गरी नेपालमा वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी