काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तराष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थमन्त्री महतले स्विस राजदुत एलिजावेथ भोन केपलर र अन्तराष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई) का प्रतिनिधिहरुसँग नेपालमा नीजि लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका हुन् ।
नेपालको विकासमा आवश्यक नीजि पूंजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रृयागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डिएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा अर्थमन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नियमन संयन्त्रको बारेमा चर्चा गर्दै उनले भने -‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ, तपाईहरुले दिएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु। ‘
सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्न आजको छलफल सान्दर्भिक रहेको डा. महतले बताए ।
छलफलमा डिएफआइका तर्फबाट एडिबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डिएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्