×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाउने फ्लाइ दुबईका २ उच्च कर्मचारी कार्वाहीमा परे, विमानस्थल प्रवेशमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका दुई उच्च कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

सोमबार साँझा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै जहाजमा चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।

जहाजको इन्जिनमा देखिएको खराबीलाई बिना तथ्य चरा ठोक्किएको हुनसक्ने भन्दै भ्रम फैलाएको आरोपमा प्राधिकरणले फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेको हो । योसँगै उनीहरु दुवैजनालाई विमानस्थल प्रवेशमा समेत प्रतिबन्ध गरिएको छ ।

यता प्राधिकरणले सोमबार साँझ फ्लाइ दुबईको जहाजको इन्जिनमा ठ्याक्कै यही भएको हो भन्ने यकिन नभएको जनाएको छ । प्राधिकरणका अनुसार सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिनेछ । किनकि फ्लाइ दुबई सोही मुलुकमा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान गर्दैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: