×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र बिग्रनुमा अहिलेको सरकार मात्र होइन, विगत २० वर्षदेखिको सत्ता साझेदारहरु जिम्मेवार छन्’- सांसद थापा

GLOBAL IME BANK

‘अर्थतन्त्र बिग्रनुमा अहिलेको सरकार मात्र होइन, विगत २० वर्षदेखिको सत्ता साझेदारहरु जिम्मेवार छन्’- सांसद थापा

२७ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् । दाङमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका रहेको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा बोल्दै थापाले देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको उल्लेख गरेका छन् । ‘अब कांग्रेस अविकसितबाट विकसित मुलुक बनाउने अभियानमा अघि बढिसक्यो ।’, उलने भने, ‘हामी हाम्रो अभियान र उद्धेश्यमा गम्भीर भएर अघि बढिरहेका छौँ ।’

त्यस्तै, महामन्त्री गगन थापाले कांग्रेस पार्टीभित्र दुःख, सङ्घर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्ने कामको असल अभ्यास दाङ कांग्रेसले गरेको भन्दै प्रशंसासमेत गरेका छन् । योसँगै थापाले देशमा युवा शक्ति निर्यात गर्ने मुलुकका रुपमा देखा पर्न थालेकाले यी विषयमा सबै गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: