काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारणसभा चैत्र २५ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौडा तनहुँमा सम्पन्न भएको हो ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा संस्थाका संस्थापक सदस्य एवं सभाका प्रमुख अतिथी दिनेश लाल श्रेष्ठ तथा संस्थाको संचालक समितिका अध्यक्ष अर्चना प्रधानले सयुक्त रुपमा उद्धघाटन गरेका थिए। उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु सर्वसहमतीले पारीत गरेको छ ।
सभासमक्ष कम्पनी सचिव विष्णु प्रसाद ढकालले पेश गरेका सबै प्रस्तावहरु सभाले सर्वसम्मत पारीत गरेको छ । सभाका प्रमुख अतिथी दिनेशलाल श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमी सहितको महत्वपुर्ण मन्तव्य राख्दै आजको बिषम परिस्थीतीमा संयमता अपनाई संस्थालाई बचाउने हिसाबले काम गर्न सबैलाई आग्रह गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विष्णु प्रसाद ढकालले सभाको औपचारीक कार्यक्रम संचालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्