काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ ।
ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख रूपैयाँ सेयर पूँजी बराबरको १०० रूपैयाँ दरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
मंगलबार एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख-मार्केटिङ विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्