काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ९ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।