Skip to content
LAXMI SUNRISE BANK

युनियन, प्राइम र गुराँस लाइफको मर्जर प्रक्रिया विशेष साधारणसभाद्वारा स्वीकृत

अर्थ सरोकार

काठमाडौँ । युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको मर्जर प्रक्रिया स्वीकृत भएको छ। आज (बुधबार) भैरहवामा सम्पन्न युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्युरेन्स आपसमा गाभ्नेसम्बन्धी अन्तिम प्रस्तावहरूलाई पारित गरेको हो।

आपसमा गाभिएपश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्युरेन्स लिमिटेड’ कायम गरी सोही नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ। 

यी तीनवटै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, मर्जरसम्बन्धी कार्यका लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरूको अनुमोदन गर्ने, चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक तथा मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, आपसमा गाभिने प्रयोजनका लागि बाँकी कामकारबाही तथा प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। 

यसका साथै सञ्चालक समितिमा हुने फेरबदल तथा सञ्चालक समितिको कार्यकालसम्बन्धी प्रस्तावसमेत सभाबाट पारित भएको छ। यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, पुँजी संरचना परिर्वतन लगायतका सम्पूर्ण प्रस्ताव सर्वसम्मत रुपमा सभाबाट पारित भएको छ। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK