काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले खेलाडीका लागि आफ्नो तलबबाट रकम छुट्याउने घोषणा गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले आफ्नो तलबबाट मासिक ३ हजार रुपैयाँ नेपालका खेलाडीका लागि छुट्याउने घोषणा गरेका हुन् ।
सोही क्रममा सांसद शाहीले संसदबाटै प्रदेश संरचना खारेजीको मागसमेत गरेका छन् । ‘यो देशका लागि प्रदेश संरचना आवश्यक छैन, प्रदेश सरकार खारेज गरेर सांसदको संख्या १ सय ६५ बाट १ सय ५ जना प्रत्यक्ष बनाउँ ।’, उनले भने, ‘यो देशमा २ सय ७५ सांसदको आवश्यकता छैन ।
त्यस्तै, सांसद शाहीले प्रत्येक सांसदको तलबबाट ३ हजार मात्रै छुट्याउने हो भने खेलाडीका लागि प्रश्स्त पुग्ने दाबी गरेका छन् । ‘८ सय ८४ जना सांसदले १ सांसद बराबर ३ हजार रुपैयाँ यदी खेलाडीलाई दिने हो भने २६ लाख ५२ हजार रुपैयाँ खेलाडीले पाउँछन् ।’, उनले भने, ‘आजबाट म घोषणा गर्छु, मेरो हरेक महिनाको तलबबाट ३ हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्