काठमाडौं । आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य घोषणा भएको छ । रिगोको कल सेन्टर व्यवस्थापनका लागि सो सम्झौता गरिएको भक्सक्रोले जनाएको छ ।
सम्झौता अनुसार, रिगोको कल सेन्टर सेवा तथा आफ्ना ग्राहकहरूमा गुणस्तरीय सेवा प्रदानका लागि सो सहकार्य गरिएको हो । सम्झौता अनुसार, रिगोले आफ्नो कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि अपनाउनेछ ।
आइएमई ग्रुप अन्तर्गत सञ्चालति रिगो नेपालको अग्रणी मानव संसाधन तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) का लागि काम गर्दै आइरहेको कम्पनी हो ।
भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यवसायिक तथा अन्य संस्थाहरूले अपनाइसकेका छन् । फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डु लगायतका संस्थाहरूले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आइरहेका छन् ।
कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ । कम्पनीले त्यस्ता अन्य कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । सेटअप पछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्