×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला, चैत २२ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले चैत १९ गते आइतबारदेखि १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ४९ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: