×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिटरब्याज पीडित र प्रहरीबीच झडप…(फोटो-कथा)

काठमाडौं । काठमाडौंको शान्तिबाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच दोहोरो झडप भएको छ । शान्तिबाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई प्रहरीले प्रर्दशनका लागि अन्यत्र जान रोक्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो ।

सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारीमा रहेका उनीहरुलाई निगरानी गर्न बिहानैदेखि खटिएको प्रहरीले ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा रोकेपछि झडप भएको हो । झडपमा ६ जना भन्दा बढी पीडित घाइते भएका छन् ।

त्यस्तै, प्रदर्शनमा उत्रिएका केही पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई विभिन्न ठाउँमा पठाइएको र थप विवरण संकलन भइहरेको काठमाडौं प्रहरी परिषर टेकुका प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिएका छन् । झडपमा घाइते भएकाहरुको संख्या भने प्रहरीले खुलाएको छैन । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठीचार्ज समेत गरेको थियो । प्रतिकारमा उनीहरुले प्रहरीमाथि इट्टा प्रहार गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: