काठमाडौं । खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउनेछन् ।
खल्तीको नयाँ अफरले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। साथै यस अफरले वल्र्डलिङ्कका प्रयोगकर्ताहरूलाई खल्तीसँग सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ ।
अफरमा सहभागी हुन वर्ल्डलिंकका प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ । ६ हप्ताको प्रवर्द्धन अवधिमा खल्ती मार्फत गरिने हरेक वर्ल्डलिंक भुक्तानी प्रयोगकर्ताले लक्की ड्रमा स्वतः प्रवेश गर्नेछन् । आइफोन १४ को बम्पर पुरस्कार घोषणा अन्त्यमा प्रदान गरिनेछ भने हरेक हप्ता एकजना भाग्यशाली बिजेताले स्मार्टब्यान्ड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस अभियानको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यो नयाँ अफरको साथ, हामीले हाम्रा प्रयोगकर्ताहरूलाई उनीहरूको बिल भुक्तानी गर्न सजिलो मात्र बनाउँदैनौं तर अझ रमाइलो र सहज प्रोत्साहित गर्न देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक सँग साझेदारी गरेको छौँ। हामी सबै प्रयोगकर्ताहरूलाई वर्ल्डलिंक बिल भुक्तानीमा अफरहरूबाट लाभान्वित हुन यस अवसरलाई सदुपयोग गर्न प्रोत्साहन गर्दछौं।’
यसका अतिरिक्त, खल्ती प्रयोगकर्ताहरूले ‘GOCASHLESS’ प्रोमोकोड प्रयोग गरि खल्तीबाट पहिलो पटक वर्ल्डलिंक भुक्तानीमा फ्लाट रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, खल्ती मार्फत वर्ल्डलिङ्कको हरेक भुक्तानीमा भ्याट रकममा १० प्रतिशत रिटर्न पाउने कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड खल्ती आईडी भएका कुनै पनि प्रयोगकर्ताले यो अफरमा भाग लिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्