काठमाडौं । खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ ।
अब एनएमबि प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिंक गरी केहि ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन् । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत रू. १०० बोनस पाउनेछन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।
बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि लागु हुनेछ। साथै यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्कीड्र मार्फत स्मार्टफोन पनि जित्ने कम्पनीले जनाएको छ । खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिंक गर्नका लागि उनीहरूको KYC प्रमाणित हुनु पर्नेछ ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीसँग आफ्नो बैंक लिंक गर्न उत्सुकतापूर्वक पर्खिरहेका सबै एनएमबी प्रयोगकर्ताहरूलाई प्रोत्साहित गर्न हामीले यो अफर ल्याएका हौँ । साथै बैंक लिङ्क गर्ने यो सुविधाले भुक्तानी सहज मात्र नभई स्वतन्त्र रूपमा पैसा व्यवस्थापन गर्न पनि मद्दत गर्दछ ।’
खल्तीको बैंक लिंक सुविधाले प्रयोगकर्ताहरूले युटिलिटि बिल, कियुआर ९त्तच्० स्क्यान गरि भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्नेछन् । यो अफर चैत्र २१ देखि जेष्ठ ५, २०८० सम्म लागु हुनेछ । साथै, यदि बैंक खाता लिंक गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्